काठमाडौं ।
आइपीएलमा किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। गए राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो ।
मुम्बईले दिएको १७७ रनको लक्ष्य पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुनः बराबरीमा सकियो ।
त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो । यसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनाउँदा १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।
मुम्बई ९ खेलमा ६ जितसहित १२ अंक जोडेर दोस्रो स्थानमा छ भने पन्जाब ९ खेलमा ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।





























प्रतिक्रिया