साविक विजेता मुम्बईमाथि बेंगलोरको रोमाञ्चक जित

साविक विजेता मुम्बईमाथि बेंगलोरको रोमाञ्चक जित


रोयल च्यालेन्जर्स बेंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा विजयी सुरुवात गरेको छ ।

जितको लागि १६० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

त्यसअघि एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले आफ्नो दोस्रो खेल १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

Logo