विराटनगर–११ सेमिफाइनलमा, आज मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा हुँदै

विराटनगर–११ सेमिफाइनलमा, आज मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा हुँदै

केन्द्रबिन्दु
0
Shares

विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा विराटनगर–११ ले वेस्ट बङ्गाललाई ३–० गोलले पराजित गरेको थियो। विराटनगरका लागि सुनिल खड्का दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरेका थिए।

विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल काठमाडौँ र नेपाल प्रहरी काठमाडौँको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ। खेलको म्यान अफ द म्याच घोषण गरिएका सुनिल खड्कालाई नगद १० हजार प्रदान गरिएको छ। दोस्रो क्वार्टरफाइनल खेलअन्तर्गत आज साँझ ७ बजेदेखि सुरु हुने प्रतियोगितामा मच्छिन्द्र क्लब काठमाडौँ र भारतको पञ्जाब पुलिसबीच प्रतिस्पर्धा हुनेछ।रासस

Skip This
Skip This
Logo