विराटनगरमा जारी छैठौँ विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा शहीद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लबलाई २–० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको सुरू भएको ३९ औं मिनेटमा पंजावका राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफदेखि आक्रमक भएको पंजावले खेलको ८३ औं मिनेटमा महावीर सिंहले गोल दोब्बर बनाए । सरबजीत सिंहले निकालिएको प्रिकिकलाई उनले वान टचमै पोष्टको दिशा दिएका थिए ।
सोमबारको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ । पन्जावका प्रशिक्षक हर्नेक सिंहले लिग विजेता टिमलाई हराउन पाउँदा खुसी लागेको र त्यसको सबै श्रेय खेलाडीले पाउने प्रतिक्रिया दिए ।





























प्रतिक्रिया