शीर्षस्थानकाे एट्लेटिको विजयी

शीर्षस्थानकाे एट्लेटिको विजयी

केन्द्रबिन्दु
0
Shares

शीर्षस्थानको एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले इबरलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एन्जल कोर्रेयाले ४२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा कोर्रेयाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए । ४९ औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दा टिमको अग्रता तेब्बर बन्यो । खेलको ५३ औं मिनेटमा मार्कुस लोरेन्टले गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा मार्कुसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ५-० को जित दिलाए । जितसँगै एट्लेटिकोले ३१ खेलमा ७० अंक जोडेको छ ।

 

Skip This
Skip This
Logo