फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई सहयोग

फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ ।

लिग सकिए पनि नेपालमा नै रहेका तर कोरोना भाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । आर्थिक हिसाबमा समेत अप्ठ्यारो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ ।

विभिन्न माध्ययमबाट संकलन गरिएको रकमलाई दिपकुमार राई र एम्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो । सहयोग पाएका विदेशी खेलाडी फ्लोरेन्ट कोआरले अप्ठ्यारो परेको बेला सहयोग पाउँदा खुशी लागेको बताए।

२७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयोगका लागि अमेरिकामा बस्दै आएका विभिन्न पूर्व खेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रुपैयाँ प्रदान गरिएको हो । जसमा एक जना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् ।

Logo