काठमाडौंलाई पराजित गर्दै धनगढी नेपाल सुपर लिगको फाइनलमा

काठमाडौंलाई पराजित गर्दै धनगढी नेपाल सुपर लिगको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

धनगढी एफसी काठमाडौंमा जारी नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पहिलो प्ले अफमा काठमाडौं रेजर्सलाई हराउँदै धनगढी फाइनलको यात्रा तय गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा मंगलबार सम्पन्न पहिलो प्ले अफमा धनगढीले काठमाडौंलाई २–१ ले हराएको हो। निर्धारित समय १–१ को बराबरीमा सम्पन्न भएपछि ३० मिनेट थप गरिएको अतिरिक्त समयमा धनगढीका लागि विशाल राईले उत्कृष्ट गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाए। 

विशालको उक्त गोल नै धनगढीको काठमाडौंमाथि जितसँगै फाइनलमा पुर्याउन पर्याप्त भयो। यसअघि लिग चरणमा समेत धनगढीले काठमाडौंलाई ३–० को सहज जित हात पारेको थियो।

पहिलो प्ले अफमा हार बेहोरेको काठमाडौं रेजर्सले पुनः एक अबसर पाउनेछ। दोस्रो प्ले अफको विजेतासँग काठमाडौंले पुनः स्पर्धा गर्नेछ।

Skip This
Skip This
Logo