ललितपुर सिटी एफसीलाई पराजित गर्दै काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंले ललितपुरलाई ३–० ले पराजित गर्दै फाइनलमा धनगढी एफसीसँगको भेट पक्का गरेको हो ।
खेलकाे १४औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाए । २२औं मिनेटमा मेसौके ओलुमोउले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए ।
२–० ले पछि परेकोको ललितपुरले दोस्रो हाफमा बल पोसेसनमा पकड बनाए पनि काठमाडौंको बलियो रक्षापङ्ति तोड्न सकेन । ५९औं मिनेटमा तेज तामाङको क्रसलाई स्टेफन विनोङ समिरले अफसाइड बिट ट्याप गर्दै चेस्टले नियन्त्रणमा लिदै गरेको प्रहार गोलमा परिणत हुदा काठमाडौंले खेलमा ३–० को अग्रता लियो ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् ।































प्रतिक्रिया