१० जनामा सीमित नेपाल ०-३ गोलले पराजित

१० जनामा सीमित नेपाल ०-३ गोलले पराजित

केन्द्रबिन्दु
0
Shares

नेपालले आफूभन्दा निक्कै बलियो टिम अष्ट्रेलियाविरुद्ध सम्मानजनक हार बेहोरेको छ । कुवेतमा आज भएको खेलमा नेपाल ३-० गोलअन्तरले पराजित भएकाे हाे । 

विश्वकप तथा एसियन कपको छनोटको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग हारेकाे हाे ।कुवेतमा भएको खेलको पहिलो हाफकाे अन्त्यतिर नेपालले १० जनामा सिमित भएको थियो।

खेलको छैटौं मिनेटमा अष्ट्रेलियाका कप्तान म्याथ्यु लेकिले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । ३७ औं मिनेटमा अष्ट्रेलियाले अग्रता दोब्बर पार्यो । लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान कारासिचले गोल गरेका थिए ।

दोस्राे हाफकाे ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अष्ट्रेलियालाई ३-० को सहज जित दिलाए। त्यसो त नेपालभन्दा अस्ट्रेलिया १३० स्थानमाथि रहेको टोली हो । अस्ट्रेलियाकाे निरन्तर मुभ र प्रहारका कारण नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ खेलअवधिभर व्यस्त बने ।  

Skip This
Skip This
Logo