युरोकपः बेल्जियमद्वारा रुस ३–० ले पराजित

युरोकपः बेल्जियमद्वारा रुस ३–० ले पराजित

केन्द्रबिन्दु
0
Shares

युरोकपको चौँथो खेलमा बेल्जियमले रुसलाई ३–० को ठूलो अन्तरले पराजित गरेको छ। रुसको सेन्टपिटर्सबर्गस्थित घरेलु मैदानको फाइदा रुसले उठाउन नसकेको हो। 

रोमेलु लुकाकुले खेलको १० औँ मिनेटमा गोल गरेर बेल्जियमका लागि खाता खोलेका थिए। त्यस्तै सब्स्टिच्युटका रूपमा आएका थोमस मुनियरले ३४ औँ मिनेटमा बेल्जियमका लागि दोस्रो गोल थप्न सफल भएका थिए। 

खेलको पहिलो हाल्फमै २ गोल गरिसकेको बेल्जियम दोस्रो हाल्फमा रुसको तुलनामा कम आक्रामक देखियो। यद्यपि, खेल सकिनै लाग्दा ८८ औँ मिनेटमा फेरि लुकाकुले अर्को गोल गरे। 

यससहित रुससँगका पछिल्ला ७ खेलमध्ये ६ मा बेल्जियम बिजयी भएको छ। 

Logo