कोपा अमेरिकामा ब्राजिलकाे विजयी सुरुवात

कोपा अमेरिकामा ब्राजिलकाे विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ काे समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको छ ।

खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए । पेनाल्टी क्षेत्रभित्र ड्यानीलिलाई लुइस मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । 

खेलको अन्तिम समयमा ग्याब्रिएल बार्बोसाले नेयमारको असिस्टमा गोल गर्दै जित सुनिश्चित गरे । नेयमारको क्रसलाई बार्बोसाले सहजै गोल गर्दै ३-० को जितसम्म डोर्याएका थिए ।

यस जितसँगै ब्राजिलले समूह ए मा ३ अंक जोडेको छ ।

Skip This
Skip This
Logo