युरोकप अन्तर्गत फ्रान्सले समूह एफको खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ ।
खेलको २० औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको सहयोगमा अग्रता लिएको थियो । पल पोग्बाले लुकास हर्नान्डेजलाई दिएकाे पासलाई उनले लो क्रस गर्दा डिफेन्डर म्याट्स हमल्स क्लियर गर्ने प्रयासमा आत्मघाती गोल भएकाे थियो ।
यस जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा छ । पोर्चुगलको समान ३ अंक भए पनि गोलअन्तरमा पोर्चुगल अघि छ ।































प्रतिक्रिया