टर्कीमाथि वेल्सकाे सानदार जित

टर्कीमाथि वेल्सकाे सानदार जित

केन्द्रबिन्दु
0
Shares

युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा वेल्सले टर्कीलाई पराजित गरेको छ । वेल्सले २-० को जित दर्ता गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

वेल्सका लागि आरोन राम्सीले ४२ औं मिनेटमा गोल गरेका थिए । टर्कीले त्यसपछि लगातार आक्रमण गरेपनि गोलरक्षक वार्डले लगातार बचाउ गर्दै टर्कीलाई खेलमा फर्कन दिएनन् । इन्ज्युरी समयको पाँचौ मिनेटमा कनर रोबर्ट्सले गोल गर्दै वेल्सको जित सुनिश्चित गरे । 

Logo