कोपा अमेरिकामा ब्राजिलको सहज जित

कोपा अमेरिकामा ब्राजिलको सहज जित

केन्द्रबिन्दु
0
Shares

कोपा अमेरिकामा फुटबलमा ब्राजिलले दोस्रो सानदार जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो ।

ब्राजिललाई जिताउन एलेक्स सान्ड्रो, नेयमार, एभरटन रिबेईरो र रिचार्लिसनले गोल गरे । 
खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले ३-० को अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को सानदार जित दिलाए ।

जितसँगै ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ । 

Logo