अष्ट्रियालाई पराजित गर्दै नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश

अष्ट्रियालाई पराजित गर्दै नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबलमा नेदरल्यान्ड्सले लगातार दोस्रो जीत निकालेको छ। बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले लगातार दोस्रो जीत निकालेको हो। जीतसँगै समूह सी मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ। नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम हो।

जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जीत दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक एक गोल गरे । घरेलु मैदानमा खेलको ११ औं मिनेटमा डिपेले पेनाल्टीबाट  गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए। 

अष्ट्रियाका कप्तान डेभिड अल्बाले पेनाल्टी क्षेत्रमा डेन्जललाई फाउल गर्दै लडाएपछि नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएको थियो । जसमा डिपेले सहजै गोल गरे। त्यसपछि खेलको ६७ औं मिनेटमा मालेनको पासमा डेन्जलले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को जीत दिलाए।

नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोडेको छ। नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो।

अष्ट्रियाको यो पहिलो हार हो । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो । अष्ट्रिया ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

Skip This
Skip This
Logo