जारी कोपा अमेरिका फुटबल अन्तर्गत भोलि अर्थात् (मंगलबार) बिहान दुई खेलहरु हुँदैछन्। ब्राजिलमा आयोजना भइरहेको प्रतियोगिताको पहिलो खेलमा उरुग्वे र चिली तथा अर्जेन्टिना र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ।
समूह ए मा रहेको अर्जेन्टिना र चिली दुवै अपराजित टिम हुन् । दुवै टिमले एक जीत तथा एक बराबरीको नतिजा निकालेका छन्। प्रतियोगितामा अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्य चिली र अर्जेन्टिनाको हुनेछ।
ब्राजिलको एरिना पन्तनलामा हुने पहिलो खेल नेपाली समय अनुसार बिहान २ः४५ बजे सुरु हुनेछ। जसमा चिली र उरुग्वेले प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलमा उरुग्वे अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो। यता चिलीले भने पहिलो खेलमा अर्जेन्टिनासँग १–१ गोलको बराबरी खेलेको थियो।
यस्तै दोस्रो खेलमा भने, चिलीले बोलिभियालाई १–० ले हराएको थियो । चिली दुई खेलबाट ४ अंकसहित समूहको दोस्रो र उरुग्वे एक खेलबाट अंकविहिन हुँदै समूहको चौथो स्थानमा रहेको छ ।
प्रतियोगिताको अर्को खेलमा अर्जेन्टिना र पाराग्वे भिड्नेछन्। एस्टाडियो नेश्नल डी ब्रासिलियामा हुने खेलमा मेस्सी प्रेरित अर्जेन्टिना प्रतियोगिताको तेस्रो खेलमा पाराग्वेविरुद्ध उत्रदैछ। पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा पाराग्वेलाई १–० ले हराएको थियो। अर्जेन्टिनालाई मंगलबारको खेलमा जीत निकाल्दै क्वार्टरफाइनल पुग्ने अवसरसमेत रहेको छ।
यता, पाराग्वे भने शानदार जीतको आत्मविश्वाससहित अर्जेन्टिनाविरुद्ध उत्रदैछ। पाराग्वेले पछिल्लो खेलमा बोलिभियाविरुद्ध ३–१ को शानदार जीत निकालेकोे थियो।





























प्रतिक्रिया