ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ ।
पाराग्वेले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे ।
यस जितसँगै समूह 'ए' को पाराग्वेले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चिलीले ४ खेलमा ५ अंक जोडेको छ । तेस्रो स्थानको चिलीले यस अघि नै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।





























प्रतिक्रिया