नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक अन्तिम आठमा

नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक अन्तिम आठमा

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक अन्तिम आठमा  प्रवेश गरेको छ। 

आइतबार राति भएको प्रिक्वाटरफाइनलमा १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनल प्रवेश गरेको हो।

हंगेरीको पुस्कास एरिनामा चेकलाई जीत दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक, एक गोल गरे।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो तर दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो। खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको हो। नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएपछि चेक रिपब्लिकले त्यसको भरपुर फाइदा उठायो।

अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ। नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

Skip This
Skip This
Logo