साबिक विजेता पोर्चुगललाई पाखा लगाउँदै बेल्जियम क्वाटरफाइनलमा

साबिक विजेता पोर्चुगललाई पाखा लगाउँदै बेल्जियम क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

बेल्जियम १६औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

स्पेनको सेभियामा आइतबार राति भएको प्रिक्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।

बेल्जियमलाई जीत दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । खेलको ४२औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन्। 

जीतसँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ। पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। 

बेल्जियम समूह चरणमा समूह बी को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो। फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो।

Logo