म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लियो

म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रोमलाई ५–० ले पराजित गर्दै अग्रस्थान कब्जा गरेकाे हाे ।

सिटीले खेलको छैटौं मिनेटमा इल्केए गुन्डोगानको गोलबाट अग्रता लिएको थियो ।  २० औं मिनेटमा क्यान्सिलोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

३०औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई ३–० को सहज स्थितिमा अघि बढाए । पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा रियाद महारजेले रहिम स्टर्लिङको पासमा गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । ५७औं मिनेटमा महारेजको पासमा स्टर्लिङे गोल गर्दै सिटीलाई ५–० को सानदार जित दिलाए ।

सिटीले म्यानचेस्टर युनाइटेडलाई एक अंकले पछि पारेको हो । समान १९ खेलबाट सिटीको ४१ अंक पुगेको छ । युनाइटेडको ४० अंक छ ।

Logo