विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । लण्डनमा गएराति भएको फाइनल खेलमा इटलीका माटियो बेरेटिनीलाई ६–७, ६–४,६–४ र ६–३ को सेटमा हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।
जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्पेनिस स्टार राफायल नाडालले बनाएको सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् । जोकोभिचले छैटौं पटक विम्बल्डन टेनिसको उपाधि जित्दा नाडाल र फेडेररसँगकाे कीर्तिमान बराबरी गरेका हुन् ।





























प्रतिक्रिया