फुटबल एकेडेमी संचालन गर्दै ‘मनाङ मर्स्याङ्दी’ क्लब

फुटबल एकेडेमी संचालन गर्दै ‘मनाङ मर्स्याङ्दी’ क्लब

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले फुटबल एकेडेमी संचालन गर्ने भएको छ। फुटबल एकेडेमी संचालनका लागि मनाङले मंगलबार पोखराको नेपाल आदर्श आवासीय विद्यालयसँग सम्झौता गरेको छ।

आठ पटकको लिग च्याम्पियन मनाङले नेपाल आदर्शसँग ६ वर्षको सम्झौता गरेको हो। पोखरामा एक कार्यक्रमकाबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।

मनाङ एकेडेमी संचालन गर्ने विभाग बाहिरको चौंथो क्लब बनेको छ । मनाङका उपाध्यक्ष कर्माछिरिङ गुरुङ र विद्यालयका प्रिन्सिपल कमल गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे। एन्फाको तर्फबाट उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गरे।

सम्झौतासँगै पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरि १४ खेलाडी हुनेछन्। १४ खेलाडीले क्लबसँग अभ्यास गर्नेछ भने स्कुलले पढाईका लागि छात्रवृत्ति प्रदान गर्नेछ । दोस्रो वर्षबाट कुल २१ खेलाडी एकेडेमीमा हुनेछन्। जसमा १४ खेलाडी क्लबको रहनेछन्।

यस अघि विभागीय क्लब त्रिभुवन आर्मी क्लब, एपीएफ, पुलिस क्लब तथा संकटा क्लब, न्युरोट टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले एकेडेमी संचालनको लागि सम्झौता गरिसकेको छ।  

एसियाली फुटबल महासंघ(एएफसी)को कार्यक्रम अनुसार मनाङले एकेडेमी संचालनमा ल्याउन लागेको हो।

Logo