टोकियो ओलम्पिकः पौडीवाज गौरीका हिट चरणबाटै बाहिरिइन्

टोकियो ओलम्पिकः पौडीवाज गौरीका हिट चरणबाटै बाहिरिइन्

केन्द्रबिन्दु
0
Shares

नेपाली महिला पौडीवाज गौरीका सिंहको ओलम्पिक यात्रा हिट चरणमा नै सकिएको छ। महिला एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धामा उत्रिएकी गौरीका तेस्रो स्थानमा रहँदै हिट चरणबाट बाहिरिएकी छिन्।

पहिलो हिटमा नै प्रतिस्पर्धा गरेकी गौरीकाले एक मिनेट शुन्य दशमलव ११ सेकेण्डमा दुरी पुरा गरिन्। उनले आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानमा पनि सुधार गरिन्। उनले यसअघि २०१९ मा दक्षिण काेरियामा भएकाे १८ औं फिना विश्व च्याम्पियनसीपमा एक मिनेट शुन्य दशमलव ६२ सेकेण्डकाे कीर्तिमान बनाएकी थिइन्।

उनी नाइजेरीया र म्यानमारकी खेलाडीभन्दा पछाडि रहिन्। नाइजेरीयाकी एबियोलाले ५९.७४ सेकेण्डमा दूरि पूरा गरिन् भने म्यानमारकी एन्डेलाले एक मिनेट शुन्य दशमलव एक सेकेण्डमा दूरि पूरा गरिन्। 

जारी टोकियो ओलम्पिकमा पौडीमा नै एलेक्स शाहले राष्ट्रिय कीर्तिमान बनाएका थिए। उनी आफ्नो हिट चरणमा पहिलो भएपनि अर्को चरणमा पुग्न सकेका थिएनन्।

यता सुटिङकी खेलाडी कल्पना परियारले ब्यक्तिगत प्रदर्शनमा सुधार गरेकी थिइन्।

अब टोकियोमा नेपालबाट एथ्लेटिक्सको मात्र प्रतिस्पर्धा बाँकी रहेको छ। यसमा नेपालबाट सरस्वती चौधरीले एक सय मिटरमा प्रतिस्पर्धा गर्नेछिन्। उनको प्रतिस्पर्धा जुलाई ३० मा रहेको छ।

Logo