१८ वर्षपछि मेस्सीले बार्सिलाेना छोडे

१८ वर्षपछि मेस्सीले बार्सिलाेना छोडे

केन्द्रबिन्दु
0
Shares

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन् । मेस्सीसँग सम्झौता नविकरण नभएको बार्सिलोनाले जनाएको छ।

यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो। तर, बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ ।

‘यस अवस्थाका कारण मेस्सी एफसी बार्सिलोनामा रहने छैनन्। क्लब र खेलाडीको इच्छा अन्ततः पूरा नभएकोमा दुवै पक्ष दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा बार्सिलोनाले उल्लेख छ।

बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्‍याएकाे योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ। सन् २००३ देखि बार्सिलोनामा आवद्ध रहेका मेस्सी १८ वर्षपछि  बाहिरिएका छन्।

Skip This
Skip This
Logo