इंग्लिस फुटबल प्रतियोगिता कम्युनिटी सिल्डको उपाधि लेस्टर सिटीले जितेको छ । फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै लेस्टरले उपाधि उचाल्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएका थियो । पुरै खेलमा बल पोसेसन कम भए पनि लेस्टरले पाँच वटा प्रहार पोष्टमा गरेको थियो ।
खेलको अन्तिममा लेस्टरले पेनाल्टी पायो । जसमा लेस्टरका किलीचीले गोल गर्दै टिमलाई अन्तिम समयमा अग्रता दिलाए । त्यो नै जीतका लागि पर्याप्त बन्यो ।
लेस्टरले यो वर्षको एफ ए कपको पनि उपाधि उचालेको थियो भने बार्सिलोनाको पूर्वस्टार खेलाडी लियोनल मेस्सीलाई अनुबन्ध गर्न चाहिरहेको छ ।































प्रतिक्रिया