टोकियो ओलम्पिक महिला भलिबलः ब्राजिललाई हराउँदै अमेरिकालाई स्वर्ण

टोकियो ओलम्पिक महिला भलिबलः ब्राजिललाई हराउँदै अमेरिकालाई स्वर्ण

केन्द्रबिन्दु
0
Shares

दुई पटकको स्वर्ण विजेता ब्राजिलमाथि सोझो सेटमा जित निकाल्दै अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला भलिबलमा स्वर्ण जितेको छ। 

आइतबार भएको फाइनलमा ब्राजिलमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अमेरिकाले स्वर्ण जित्न सफल भएको हो। महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्ण हो।

यसअघि अमेरिकाले तीन पटक फाइनलमा स्थान बनाएपनि सन् १९८४, २००८ र २०१२ मा रजत पदकमा चित्त बुझाउनु परेको थियो। अमेरिका १९८४ मा चीनसँग तथा २००८ र २०१२ मा ब्राजिलसँग पराजित भएको थियो। तर यसपटक अमेरिकाले ब्राजिललाई हराउँदै स्वर्ण जित्न सफल भएको हो।

अमेरिकाको जितमा एन्ड्रिय ड्रिउसले १५ तथा हाक्लेले १४ अंकको योगदान दिइन्। ब्राजिलकी गावी र फे गारेले समान १० अंकको योगदान दिएपनि हार टार्न सकेनन्। अमेरिकाले स्पाइकबाट ४६, ब्लकबाट ८ र सर्भिसबाट २ अंक जोड्दा विपक्षीको गल्तीबाट १९ अंक पाएको थियो। ब्राजिलले स्पाइकबाट ३२, ब्लकबाट ६ र सर्भिसबाट १ अंक जोड्दा विपक्षीको गल्तीबाट १६ अंक पाएको थियो।

Skip This
Skip This
Logo