टोकियो ओलम्पिक अन्तर्गत महिला बास्केटबलतर्फको स्वर्ण पदक अमेरिकाले जितेको छ। आइतबार आयोजक राष्ट्र जापानलाई पराजित गर्दै अमेरिकाले स्वर्ण पदक जितेको हो। स्वर्णपदक जित्ने क्रममा अमेरिकाले जापानमाथि ९०–७५ अंकको जित निकाल्यो।
पहिलो क्वार्टरमा अमेरिकाले २३–१४ को अग्रता बनाएको थियो। दोस्रो क्वार्टरमा २७–२५, तेस्रोमा २५–१७ ले अग्रता बनाएको अमेरिका अन्तिम क्वार्टरमा भने १५–१९ ले पछि परेको थियो।
यससँगै अमेरिकाले ओलम्पिकको महिला बास्केट बलमा कीर्तिमानी लगातार सातौं पटक स्वर्णपदक जितेको छ । सन् १९९२ को ओलम्पिकपछि अमेरिकाले लगातार स्वर्ण पदक जित्दै आइरहेको छ।
अमेरिकाको महिला टिमले यस अघि पुरुष टिमले बनाएको लगातार सातौं पटक स्वर्ण जित्ने कीर्तिमानसँग बराबरी समेत गरेको छ। यसअघि अमेरिकाको पुरुष टिमले सन् १९३६ देखि १९६८ को ओलम्पिकसम्म लगातार स्वर्ण पटक जितेर कीर्तिमान बनाएको थियो।





























प्रतिक्रिया