पोखरामा फुटबल टिमको बन्द प्रशिक्षण बुधबारबाट

पोखरामा फुटबल टिमको बन्द प्रशिक्षण बुधबारबाट

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण बुधबारबाट पोखरामा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टिमको प्रशिक्षण पोखरामा हुने जनाएको छ।

१० दिनको विश्रामपछि नेपाली टिमको प्रशिक्षण पोखरामा सुरु हुन लागेको हो। साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ। 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३६ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन्।

Logo