युभेन्टसमाथि बार्सिलोनाको सानदार जीत

युभेन्टसमाथि बार्सिलोनाको सानदार जीत


बार्सिलोनाले युभेन्टसमाथि सानदार जीत हात पारेको छ । जोआन ग्याम्पर ट्रफी अन्तरगत गएराति भएको फाइनल खेलमा बार्सिलोना इटालियन क्बल युभेन्टसलाई ३–० ले हराउन सफल भएको हो । 

बार्सिलोनाकै एस्टाडी जोहान क्रायफ मैदानमा भएको खेलमा रोनाल्डोसहितको युभेन्टस स्तब्ध बनेको हो । 

बार्सिलोनाको जितका लागि मेम्फिस डिपेले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेका थिए ।

मार्टिक ब्राथवेटले ५७औँ र रिकी पुइगले ९० मिनेटपछि थपिएको दोस्रो अर्थात ९२औँ मिनेटमा गोल गरे । 

खेलमा बार्सिलोनाले युभेन्टसमाथि एकपक्षीय रुपमा दवाव बनाउदै जीत दर्ता गर्न सफल भएकाे हाे । 

Logo