फुटबल विवादः समितिले अध्यक्षसहित १३ जनाको बयान लिने

फुटबल विवादः समितिले अध्यक्षसहित १३ जनाको बयान लिने

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद समाधानको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । 

छानबिन समितिले एन्फा अध्यक्ष कर्मा छिरिङ, नेम्बाङ, अलमुताइरीसहित झण्डै १३ जनालाई बयानका लागि पत्र काटेको छ । 

पत्र काटिएका सबैलाई अलग अलग समय दिएर बोलाइने समितिले जनाएको छ । नेम्बाङ र अलमुताइरीबीच गत मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने बताइएको थियो ।

फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिनका लागि संयुक्त वक्तव्य जारी गर्ने भनिएपनि अहिले सम्म विज्ञप्ती जारी भएको छैन । अलमुताइरी सहमति भएकै दिन पोखरा गएका थिए ।

एन्फाले पनि विवाद समाधान गर्न नसकेपछि युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि सिफारिस गरिएको थियो । मन्त्रालयले दिएको निर्देशनअनुसार राखेपले मंगलबार नै सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
 

Logo