डिशहोमले ला लिगा प्रसारण गर्ने

डिशहोमले ला लिगा प्रसारण गर्ने

केन्द्रबिन्दु
0
Shares

ला लिगा फुटवल लिग सिजन २०२१–२२ पहिलो पटक डिशहोमले प्रसारण गर्ने भएको छ । 

स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।
 
हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा ला लिगाको खेलहरु भने  एक्सन स्पोर्टस एचडी २ मा प्रसारण हुनेछ । 

डिशहोमका ग्राहकहरुले रु दुई हजारको सिजन टिकट किनेर एक्सन स्पोर्टस एचडी २ मा लिग अवधिभर संचालन हुने खेलहरु हेर्न सक्नेछन् । 

हाल डिशहोमको ग्राहकलाई उपलव्ध रहेको ला लिगाको सिजन टिकट छिटै सिम टिभी, प्रभु टिभी र डिशहोमको ओटीटी (डिशहोम गो) मार्फत पनि उपलब्ध हुनेछ । 

बार्सिलोना, रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, भ्यालेन्सीया जस्ता संसारकै उत्कृष्ट क्लवहरु खेल्ने र सबैभन्दा लोकप्रिय पेशागत फुटबल लिग मध्येको एक ला लिगाको ‘क्रेज’ नेपालमा पनि राम्रै  छ । 

Skip This
Skip This
Logo