नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट गुमाउने भएका छन्। सीपीएलकै समय नेपाली टिम ओमान भ्रमणमा जाने पक्का भएपछि सन्दीपले सीपीएल नखेल्ने भएका हुन्।
सन्दीप अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका छन्। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले ओमानको भ्रमण गर्ने तालिका रहेको छ । सिरिज अघि नेपाली टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने छ ।
सीपीएलले सार्वजनिक गरेको सहभागी टिमको खेलाडी सूचीमा सन्दीपको नाम छैन। सन्दीप ट्रीनबागो नाइट राइडर्समा आबद्ध थिए। २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ। सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसकेका छन्। सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए। त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए।
सन्दीपले यस अघि भिषा समस्याको कारण द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए।































प्रतिक्रिया