पीएसजीको लगातार तेस्रो जित

पीएसजीको लगातार तेस्रो जित

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो जित निकालेको छ ।

शुक्रबारराति भएको खेलमा ब्रेस्टलाई ४-२ गोल अन्तरले पराजित गरेकाे हाे । पीएसजीलाई जित दिलाउन एण्डर हेरेरा, केलियन एमबाप्पे, इद्रिसा गाना र एन्जल डी मारियाले एक एक गोल गरे ।

ब्रेस्टका फ्रान्क होनोराट र स्टिभ मौनीले एक एक गोल फर्काए । जितसँगै पीएसजीले ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा छ ।

Logo