ला लिगामा भ्यालेन्सियाकाे सहज जीत

ला लिगामा भ्यालेन्सियाकाे सहज जीत

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगामा भ्यालेन्सियाले डिपोर्टिभो एलाभेसमाथि ३–० काे सानदार जीत दर्ता गरेकाे छ । 

घरेलु मैदानमाशुक्रबार राति सम्पन्न भएकाे खेलकाे तेस्रो मिनेटमै ड्यानियल वासको गोलसँगै भ्यालेन्सियाले अग्रता लिएको थियो । 

एलाभेसमाथि हाबी बनेको भ्यालेन्सियाका लागि पहिलो हाफको इन्जुरी समयमा कार्लेस सोलेरले दोस्रो गोल गरेका थिए । 

दोस्रो हाफमा म्याक्सिमिलानो गोमेजले दिएको पासमा गुइडेजले गोल गर्दै भ्यालेन्सियाको पक्षमा ३–० को जित सुनिश्चित गरे ।

जितसँगै ३ खेलबाट ७ अंक जोडेको भ्यालेन्सिया ला लिगाको अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

Skip This
Skip This
Logo