भारतविरुद्ध इंग्ल्याण्ड विजयी

भारतविरुद्ध इंग्ल्याण्ड विजयी

केन्द्रबिन्दु
0
Shares

तेस्रो टेष्ट क्रिकेटमा भारतमाथि इंग्ल्याण्डले जित दर्ता गरेकाे छ । 

तेस्रो टेष्टमा जितसँगै इंग्ल्याण्डले पाँच खेलको टेष्ट श्रृखंलामा १–१ को बराबरी गरेको छ। भारतले तेस्रो टेष्ट खेलमा एक पारी र ७६ रनले हार बेहोरेको हो।

पहिलो पारीमा इंग्ल्याण्डले तयार गरेको ४३२ रनको जवाबमा भारतले दुबै पारीमा ३६६ रन मात्रै जोड्न सकेपछि उसले विशाल अन्तरको हार बेहोर्नुपरेको हो। 

हेडिंग्लीमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले पहिलो पारीमा ७८ रनको झिनो योगफलमा समेटिन पुग्यो। 

इंग्ल्याण्डका लागि जेम्स एन्डरसन र क्रैग ओभर्टनले सामान तीन तीन विकेट लिएर भारतको ब्याटिङ क्रमलाई धराशायी बनाए। ओलि रोबिन्सन र साम कर्रनले सामान दुई दुई विकेट लिए।

जवाफमा इंग्ल्याण्डले कप्तान जोइ रुटको शतक तथा ओपनर रोरी बर्नसको ६१, हसीब हामीदको ६८ र देविड मलानको ७० रनको सहयोगले पहिलो पारीमा ४३२ रनको सम्मानजनक योगफल तयार गर्यो। पहिलो पारीमा ३५४ रनले पछाडि परेको भारतले दोस्रो पारीमा मात्र २७८ रनमा समेटिन पुग्यो। 

खेल सकिन एक दिन बाँकी छँदै भारत २७८ रनमा समेटिन पुग्यो। भारतका लागि ओपनर रोहित शर्माले ५९ तथा चेतेश्वर पूजाराले ९१ र विराट कोहलीको ५५ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

इंग्ल्याण्डको बलिङमा ओलि रोबिन्सनले सर्वाधिक पाँच तथा क्रैग ओभर्टनले तीन, जेम्स एन्डरसन र मोइन अलिले समान एक एक विकेट लिए । 

Skip This
Skip This
Logo