आइतबार राति भएको स्पेनिस लालिगामा मा साविक विजेता एथ्लेटिको म्याड्रिड भिल्लारियलसङ २-२ गोलकाे बराबरीमा रोकिएको छ ।
भिल्लारियलको लागि मानु ट्रीगुएरोस र अर्नाउट दान्जुमाले एक-एक गोल गरे । एथ्लेटिकोको लागि लुइस सुवारेज गोल गर्दा भिल्लारियलका ऐसा मान्दीले आत्माघाती गोल गरे ।
बराबरीमा रोकिएको एथ्लेटिकोको तीन खेलबाट सात अंक छ । एथ्लेटिको तालिकाको पाचौँ स्थानमा छ । भिल्लारियल भने समान खेलबाट तीन अंक सहित ११ औँ स्थानमा छ । न्युज कारखानाबाट ।
प्रतिक्रिया