नेपाल-भारतबीचकाे मैत्रीपूर्ण खेल हेर्न एक हजार र दुई हजारका टिकट

नेपाल-भारतबीचकाे मैत्रीपूर्ण खेल हेर्न एक हजार र दुई हजारका टिकट

केन्द्रबिन्दु
0
Shares

नेपाल र भारतबीच हुने तय भएको दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकिएको छ। 

नेपाल र भारतबीच भोलि (बिहीबार) पहिलो खेल र आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेलको टिकट मूल्य तय भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट बिक्रीका लागि प्रभु पेसँग सम्झौता गर्दै टिकट दर तोकेको हो। एन्फाले भीआईपीतर्फको टिकट दर दुई हजार रुपैयाँ तथा सामान्यतर्फको टिकट दर १ हजार रुपैयाँ तोकेको छ। 

नेपाल सरकारको स्वीकृतिसँगै एन्फाले पाँच हजार १०० वटा टिकट बिक्री गर्ने भएको हो।

यस्तै, एन्फाले कोभिडविरुद्धको खोप लगाएका र पीसीआर जाँच गरेका दर्शकलाई मात्र मैदान प्रवेश गर्न दिने बताएको छ।

नेपाल र भारत दुवैले आगामी १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। 

नेपाल र भारतबीच हालसम्म १९ खेल आयोजना भएको छ, जसमा भारतले १३ खेल आफ्नो पक्षमा पार्दा चार खेल बराबर भएको छ। यस्तै, नेपालको पक्षमा दुई खेल मात्र छन्।न्युज कारखाना

Logo