जोकोभिच चौथो चरणमा

जोकोभिच चौथो चरणमा

केन्द्रबिन्दु
0
Shares

सर्बियन स्टार नोभाक जोकोभिचले पुनरागमन गर्दै युएस ओपनको पुरुष सिंगल्सतर्फ चौथो चरणमा पुगेका छन् । 

विश्व नम्बर एक जोकोभिचले जापानका केई निसिकोरीमाथि उत्कृष्ट पुनरागमन गर्दै चौथो चरणमा स्थान बनाएका हुन् ।

जोकोभिचले निसिकोरीमाथि ६–७ (४–७), ६–४, ६–३ र ६–२ को जितका साथ जापानिज स्टारमाथि लगातार १७औं जित निकाले।

यो सफलतासँगै जोकोभिच एकै क्यालेन्डरमा ५२ वर्षपछि सबै ग्रान्ड स्लाम जित्ने खेलाडी बन्ने अभियानमा छन्। 

जोकोभिच यो उपाधि जित्दै करियरको २१औं ग्रान्ड स्लामसमेत आफ्नो बनाउने लक्ष्यमा छन्।

Skip This
Skip This
Logo