फ्रान्सका पूर्व फुटबलर एडम्सको निधन

फ्रान्सका पूर्व फुटबलर एडम्सको निधन

केन्द्रबिन्दु
0
Shares

फ्रान्सका पूर्व फुटबलर जिन पिएरे एडम्सको निधन भएको छ। सेन्टर ब्याक एडम्सको ७३ वर्षको उमेरमा निधन भएको हो। एडम्स ३९ वर्ष यता ‘कोमा’मा रहेका थिए।

सन् १९८२ को मार्चमा उनको घुँडाको शल्यक्रिया गरिएको थियो। त्यसपछि उनको चेतना फिरेको थिएन । सेनेगलमा जन्मिएका एडम्सले फ्रान्सका लागि २२ खेल खेलेका थिए। 

यसरी फ्रेन्च क्लब निसका लागि १ सय ४० भन्दा बढी खेल खेलेका थिए। एडम्सले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट समेत खेलेका थिए।

Skip This
Skip This
Logo