ब्राजिलीयन लेजेन्ड पेलेको सफल शल्यक्रिया

ब्राजिलीयन लेजेन्ड पेलेको सफल शल्यक्रिया

केन्द्रबिन्दु
0
Shares

८० वर्षीय विश्व फुटबलका महान् हस्ती ब्राजिलीयन लेजेन्ड पेलेको सफल शल्यक्रिया भएको छ। उनको सोमबार राति ट्युमर हटाउन गरिएको शल्यक्रिया सफल भएको हो।

पेलेले आफ्नो कोलोनबाट ट्युमर हटाउन गरिएको सफल शल्यक्रिया भएको पुष्टि गरेका छन्। तीन पटकको विश्व च्याम्पियन पेलेले उनी नियमित स्वास्थ्य परिक्षणका लागि गत ३१ अगस्टदेखि नै साओपाउलोस्थित अल्वर्ट आइन्सटाइन अस्पतालमा रहँदा ट्युमर पत्ता लागेको थियो।

पेलेले आफ्नो इन्स्टाग्रामको एक पोस्टमा उनको प्रसिद्ध पहेँलो ब्राजिलको जर्सी लगाएको तस्विरसँगै आफू स्वास्थ्यलाभ गरिरहेको पुष्टि गरेका छन्। पेले आफ्नो समयको सर्वकालीन हस्ती हुन्। उनले एक दशकभन्दा बढी व्यवसायिक खेल करियरमा क्लब राष्ट्र र विश्वस्तरमा आफ्नो उत्कृष्टता हासिल गरेका छन्। 

उनले क्लब र राष्ट्रबाट १२ सयभन्दा बढी गोल गरेका छन्। उनले ब्राजिली क्लब सान्तोषको लागि सर्वाधिक गोल गरेका छन्। सन् १९५८, १९६२ र १९७० को विश्व च्याम्पियन पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

Skip This
Skip This
Logo