बंगलादेश र नेपालबचीकाे महिला मैत्रीपूर्ण खेल आज

बंगलादेश र नेपालबचीकाे महिला मैत्रीपूर्ण खेल आज

केन्द्रबिन्दु
0
Shares

आज नेपाल र बंगलादेशकाे महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा खेल्दैछन । भारतमा आयोजना हुने एएफसी महिला एसिया कप-२०२२  छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल खेल्न बंगलादेशकाे टोली नेपाल आइसकेकाे छ । 

बिहीबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुँदैछ ।  करिब तीन वर्षपछि पहिलो पटक भेट हुँदै गर्दा नेपाल र बंगलादेशका अधिकांश खेलाडी  परिवर्तन भइसकेका छन् । बंगलादेश र नेपाल दुबैमा अहिले युवा खेलाडीको बाहुल्य छ । विशेषगरी दुबै टोलीमा उमेर समूहका यू–१६ र १९ खेलेका खेलाडी छन् । 

यसपटक बंगलादेशविरुद्ध नेपालको मुख्य हतियार नै उपलब्ध हुनेछैन । दक्षिण एसियाली महिला फुटबलमा ‘नम्बर वान’ को रूपमा आफूलाई स्थापित गरेकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बंगलादेशविरुद्ध मैदानमा देखिने छैनन् । कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गराएकी सावित्रा हाल अस्पेटारमै स्वास्थ्य लाभ गरिरहेकी छिन् । 

उनको अनुपस्थितिमा बंगलादेशसमेत नेपाललाई दबाब दिन चाहन्छ । कम्तिमा बंगलादेश सावित्राको अनुपस्थितिमा नेपाललाई पराजित गर्न चाहन्छ । सावित्रा नेपाली टोलीमा नहुँदा बंगलादेशका डिफेण्डरले दबाबमुक्त भएर खेल्न पाउने बंगलादेशी प्रशिक्षक गोलाम रोबानी चोटोनको विश्वास छ । 

नेपाली टिम भने सावित्राको अनुपस्थितिमा बंगलादेशलाई राम्रो चुनौती दिने र घरेलु दर्शकलाई दु:खी नबनाउने योजनामा छ । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स सावित्राको अनुपस्थितिमा युवा खेलाडीले ‘टिम गेम’ खेल्ने र जितको लागि मैदान प्रवेश गर्ने बनाउँछन् । 

नेपाली प्रशिक्षक ग्यारीले यसअघि नेपाली टोली सावित्रा नै निर्भर रहेको र अबका दिनमा टिम गेम खेल्दै विपक्षीलाई दबाब दिने बताउँछन् । 

प्रशिक्षक ग्यारीले सावित्राको स्थान कसले लिन्छ भन्नेमा सम्पूर्णको चासो रहेको र खेलाडीलाईसमेत यसले गर्दा दबाब हुने बताए । 

हाल फिफा बरियतामा भने नेपाल बंगलादेशभन्दा निकै माथि छ । नेपाल १०१ स्थानमा रहँदा बंगलादेश १३७ स्थानमा छ । 

बंगलोदशसमेत औषत युवा खेलाडी लिएर नेपाल भ्रमणमा निस्केको छ । उसको कप्तान सविना खातुनमात्रै २५ वर्षकी छिन् । अन्य भने यू–१६ र १९ खेलिरहेका टोलीका खेलाडी हुन् ।

एएफसी महिला एसिया कप २०२२ को छनोट खेलमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । नेपालले पहिलो खेल १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बर मा हङकङसँग उज्वेकिस्तानमा खेल्नेछ । 

जी समूहमा रहेको बंगलादेशले इरान र जोर्डनको सामना गर्नेछ । 

Logo