मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जीत

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जीत

केन्द्रबिन्दु
0
Shares

कप्तान लियोनल मेस्सीले ह्याट्रिक पुरा गरेपछि अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियालाई पराजित गरेको छ ।

ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ३–० को सहज जित हात पारेको हो । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरे ।

यो जीतसँगै दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिनाको ८ खेलबाट १८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ५ जित र ३ बराबरीको नतिजा निकालेको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Logo