स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमाएको युभेन्टस यो सिजन इटालियन सिरि ए मा जीतविहीन रहेको छ । शनिबार युभेन्टस नापोलीसँग १–२ गोलअन्तरले पराजित भयो ।
तीन सिजनमा युभेन्टसलाई २ वटा लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डो १.२८ करोड पाउन्डमा आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन् ।
रोनाल्डोको अनुपस्थितिमा अल्भारो मोराटाले खेलको सुरुवातमा नै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा माटेयो पोलिटानो र कालिडो कुलिबेली एक–एक गोल गर्दै नापोलीलाई जीत दिलाए ।
जीतसँगै नापोली ३ खेलबाट ९ अङ्क बटुल्दै लिगको शीर्षस्थानमा उक्लिएको छ । युभेन्टस भने ३ खेलबाट मात्र १ अङ्क बटुल्दै लिगको १४ औँ स्थानमा छ ।





























प्रतिक्रिया