लिड्सविरुद्ध लिभरपुरकाे सहज जीत

लिड्सविरुद्ध लिभरपुरकाे सहज जीत

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले घरेलु टोली लिड्स युनाइटेडमाथि सहज जीत निकालेको छ । आइतबार रातिको खेलमा लिभरपुरले लिड्समाथि ३-० को सहज जित निकालेको हो । 

एलाण्ड रोडमा भएको खेलमा लिभरपुरले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । लिभरपुरको जितमा मोहम्मद सलाह, फाबिन्हो र साडियो मानेले एक/एक गोल गरे । 

सलाहले खेलको २० मिनेटमा गोल गर्दै लिभरपुरलाई १/० को अग्रता दिलाए । ५० मिनेटमा फाबिन्होको गोलमा दोहोरो अग्रता रह्यो भने मानेले ९० मिनेट पछि थपिएको तीन मिनेटमा गोल गर्दै ३/० को सहज जित दिलाए । 

जितसँगै लिभरपुर १० अंकसहित इंग्लिस प्रिमियर लिगमा तेस्रो स्थानमा छ । समान चार खेलसहित १० अंक रहे पनि म्यानचेष्टर युनाईटेड र चेल्सी गोल अन्तरका आधारमा पहिलो र दोस्रो स्थानमा छन् । 

Logo