इन्टर मिलानको सहज वियजी

इन्टर मिलानको सहज वियजी

केन्द्रबिन्दु
0
Shares

सब्सिच्युट फरवार्ड इडेन जेकोको दुई गोल तथा मिडफिल्डर फेडरिको डिमार्काेको दुई असिस्टमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित दर्ता गरेको छ ।

मिलानोमा शनिबार राति भएको खेलमा घरेलु टोली इन्टरले बोलोग्नामाथि ६–१ को फराकिलो जित दर्ता गरेको हो । लोउटारो मार्टिनेज, मिलान स्क्रिनिएर, निकोलो बरेल्ला र माटिएस भिसिनोले समान एक गोल गरेका बोलोग्नाका अर्थर थिएटले एक गोल फर्काए ।

जितसँगै अपराजित रहेको इन्टर ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेका रोमा, एसी मिलान र नेपोलीको समान ९ अंक छ ।

Logo