इपीएल कफ फुटबल अन्तर्गत मंगलबारराति भएको खेलमा म्यानचेस्टर सिटीले जित दर्ता गरेकाे छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले विकोम्बे वान्डरर्सलाई ६–१ ले पराजित गरेको हो ।
सिटीका लागि रियाद महरेजले दुई तथा केविन डी ब्रूयना, फिल फोडिन, फेरान टोरेस र कोल पाल्मरले एक–एक गोल गरे ।
ब्रान्डन हालनको गोलबाट विकोम्बेले सुरुवाति अग्रता लिएको थियो । तर पुनरागमन गर्दै सहज जित निकालेर साबिक विजेता म्यानचेस्टर सिटीले अन्तिम १६ मा स्थान बनाएको हो ।





























प्रतिक्रिया