नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनिका अर्यालसँग इन्गेजमेन्ट गरेका छन्। केही समयदेखि प्रेममा रहेका उनीहरूले बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि औंठी साटासाट गरेका हुन्।
उनीहरूबीच दसैंको टिकाकाे दिन बिहे गर्ने तय भएको छ। खेल पत्रकार सोनिका ग्यालेक्सी फोके टीभीमा कार्यरत छिन्। क्रिकेटको रिपोर्टिङ गर्ने क्रममा विनोदसँग उनको चिनजान भएको र प्रेम सुरु भएको बताइएकाे छ।
विनोद ओमान टुर सकेर मंगलबार मात्र स्वदेश फर्केका थिए। घरेलु क्रिकेटमा त्रिभुवन आर्मी क्लबलाई कप्तानको हैसियतमा नेतृत्व गर्दै आएका विनोद आसन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजबाट मैदान उत्रिनेछन्।





























प्रतिक्रिया