बजाज पल्सर एभरेष्ट प्रिमियर लिगका लागि “काठमाडौँ किङ्गस ११” द्वारा टिम घोषणा

बजाज पल्सर एभरेष्ट प्रिमियर लिगका लागि “काठमाडौँ किङ्गस ११” द्वारा टिम घोषणा


“काठमाडौँ किङ्गस ११” ले चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि पत्रकार सम्मेलनमार्फत आफ्नो टिम सार्वजनिक गरेको छ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा “काठमाडौँ किङ्गस ११” का कप्तान सन्दिप लामिछाने र पाकिस्तानी टिमका पूर्वकप्तान शाहिद अफ्रिदीसहित टीमहरुको छोटो परिचयात्मक जानकारीका साथ सार्वजनिक गरेका हुन्।

पूर्ण अनूभवी, क्षमतावान् “काठमाडौँ किङ्गस ११” टीम एभरेष्ट प्रिमीयर लिगको उपाधिको दावेदारीका साथ मैदानमा उत्रिन तयार रहेको छ । उक्त पत्रकार सम्मेलनमा काठमाडौँ किङ्गस ११ ले जर्सी नं सहित आफ्ना खेलाडीहरुको घोषणा गरेको छ् । 

पाकिस्तानी राष्ट्रिय टीमका पूर्व कप्तान तथा धमाकेदार व्याट्सम्यान शाहिद अफ्रिदीले जर्सी नं १० लगाएर खेल्ने छन् भने यस्तै ख्यातिप्राप्त अर्को अन्तर्राष्ट्रिय खेलाडी जनप्रकाशले १६ नं को जर्सी लगाएर खेल्नेछन् । अफगानी सशक्त व्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नं को जर्सी लगाउने छन्। काठमाडौँ किङ्गस ११ का कप्तान अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो बलिङ्ग प्रतिभा प्रदर्शन गरिसकेका सन्दिप लामिछानेले भने जर्सी नं २५ लगाउनेछन् । 

अरु राष्ट्रियस्तरका खेलाडीहरु गुल्शन झाले जर्सी नं १५, सुवास खकुरेलले जर्सी नं २६, सिद्धान्त लोहनीे जर्सी नं १७ जितेन्द्र मुखियाले जर्सी नं ६५ लगाएर मैदानमा उत्रिने छन् । यस्तै अमित श्रेष्ठ २७ नं जसीर्, राजु रिजाल ५ नं जर्सी, अमर सिङ्ग रौटेला ८१ नं जसीर्, शेर मल्ल ५८ नं जर्सी, सम्सद शेख ७ नं जर्सी, दिपेन्द्र रावत ९ नं जर्सी, आकाश चन्द २४ नं जर्सी र रायन वर्ल ५४ नं को जर्सी लगाएर उत्रनेछन्।     
 
६ टिमले प्रतिस्पर्धा गर्ने यो ईपीएल असोज ९ गतेदेखि असोज २५ गतेसम्म कीर्तिपुरको टीयु मैदानमा हुँदैछ। काठमाडौँ किङ्गस ११ ले पहिलो चरणमा असोज ९ गते  ललितपुर पाट्रीएट्स, असोज ११ गते विराटनगर वारियर्स, असोज १२ गते, पोखरा राइनोजसँग, असोज १४ मा चितवन टाइगर्स र असोज १६ गते भैरहवा ग्लाडिएर्टससँग प्रतिस्पर्धा गर्नेछ। विगतका वर्षहरुमा पनि उत्कृष्ट खेल प्रदर्शन गरी सबै दर्शकमाझ लोकप्रियता कमाएको काठमाडौँ किङ्गस ११ ले यसपटक पनि उत्कृष्ट टोलीका साथ रोमाञ्चक खेल प्रदर्शन गर्ने दावी गरेको छ। 

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौँ किङ्गस ११ टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट रहेको छ भने स्मार्टफोन पार्टनर नोकिया, गोल्ड पार्टनर शिवशक्ति ग्रुपको ‘फेमिली आयल’ र ‘उर्जा राइस’, बैकिङ्ग पार्टनर ‘सिद्धार्थ बैँक’ र इलेक्ट्रिफाइड पार्टनर ‘लिट्मस केवल’ रहेका छन्। 

Logo