चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० खेल्न नेपाल आएका पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले माउन्टेन फ्लाइट गरेका छन् ।
अफ्रिदीले यती एयरलाइन्सको माउन्टेन फ्लाइटबाट सगरमाथा लगायतका हिम श्रृंखलाको अवलोकन गरेका हुन् ।
यतीले कोरोनाका कारण बन्द गरेको माउन्टेन फ्लाइट आजैबाट पुनः सञ्चालनमा ल्याएको छ ।
माउन्टेन फ्लाइटका लागि सगरमाथामै उचाइ बराबर ८ हजार ८४८ मा दुईवटा टिकट प्राप्त गर्न सकिने जनाएको छ ।
माउन्टेन फ्लाइटमा सगरमाथासहित दुई दर्जन हिमाल हेर्न सकिन्छ ।
































प्रतिक्रिया