इपीएलः विराटनगरद्वारा भैरहवालाई ९० रनको सामान्य लक्ष्य

इपीएलः विराटनगरद्वारा भैरहवालाई ९० रनको सामान्य लक्ष्य

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा विराटनगर वारिवर्सले भैरहवा ग्लाडीयटर्सलाई ९० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनायो ।

भैरहवाका बलर चम्किएको खेलमा विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए । 

सुमित महर्जनले १३ रन जोड्दा आसिफ शेख र अनिल साहले समान ११÷११ रन  बनाए । 

बसन्त रेग्मीले अविजित १० रन बनाए । सिकन्दर राजा ५ रनमा आउट हुँदा सौरभ खनालले ३ र रामनरेश गिरिले १ रन जोडे । 

कप्तान करण केसी, चन्द्रपउल हेमराज र प्रतिष जिसी शुन्य रनमा पेभेलियन फर्किए ।

भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए । अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा पहिलो जितको खोजीमा रहेको छ । 
वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाँडेको थियो  । 

विराटनगर पनि पहिलो जित निकाल्न चाहन्छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।

 

Logo